समान शिक्षा र बिश्व शान्तिको सन्देश

सबैलाई समान शिक्षा र बिश्व शान्तिको सन्देश लिएर साइकलद्धारा बिश्व भ्रमणमा हिडेको छु । हजुरहरु सबैको सहयोग सल्लाह र सुझाबले नै मेरो यात्रा पुरा हुनेछ ।

Tuesday, March 2, 2010

मृतसंग लड्दाको त्यो रात

मुस्ताड्ड मार्च १ २००९  विश्व साईकल यात्री सौरभ दाहल
सवैका लागी समान शिक्षाको। सन्देश लिएर विश्व यात्रा गर्ने क्रममै म हिमाली जिल्लाको मुस्ताड्ड मा पुगे त्यो मेरो ७४ जिल्लाको यात्रा थियो त्यहा्रको रितिरीवाज प्राकृतिक बनावट ले एकातिर मेरो यात्रा आनन्दित पनि भयो भने अर्को तिर त्यहा चल्ने हावाको बेगले मेरो यात्रा कष्टकर पनि बन्न पुग्यो । कान्पिुरले दिएको नया साईकल र कान्तिपुरको चारै तिरको लोगो देखेर मान्छेहरु मलाई तपाँई कान्तिपुरको स्टाफ हो पनि भन्थे । पहिलो दिन म जोमसोम बजारमा टेन्ट हालेर बस्ने बिचार गरे । बल्ल बल्ल टेन्ट त हाले तर २ पटक सम्म कडा हावाको कारण उडायो पछि पुनः स्थानिय बासीन्दाको सहयोगमा टेन्ट टाँगर त्यो रात बिताएँ । भोली पल्ट मुक्तिनाथ मन्दिरको यात्रा लाई अगाडी बढाएँ कागवेनी हुदै म मुक्तिनाथ पुगे अच्चम्मको कुरा के रहेछ भने त्याहाको डाडाँकाडा मा एउटा पनि रुख देखिन तर पनि प्रत्येक घरमा दाउराका चाँगै चाँङ स्याउलको झुपडी पनि प्रसश्त पाईने । र मन्दिरको दर्शन गरे त्यही बस्ने निधो गरी राती मन्दिर परीसर भित्रै टेन्टमा सुते कडा हावको वेग अनि चारैतिर चिसोले जमेको हिउँ राति समस्या भयो । करीब ८ः३० बजे राती प्रहरीले त्याहा सुत्न मिल्दैन भनी मेरो टेन्ट लाई मन्दिर बाहिर हटाएर गयो । एकछिन त म अल्मल मा परे अव के गर्ने होला छेउमा गाउँ छ्रैन । चिसोले हातको औला हरु पोल्न थाल्यो । कतैबाट सहयोग पाउने आस देखीन पछी मैले सिधै कान्तिपुर पब्लीकेसन माठमाडौ फोन सम्पर्क गरे । न्यूज रुमका एकजना सर संग कुरा भयो मलाई पोखरा क्षेत्रीयमा खबर गर्नु भनियो । मैले पोखरा फोन गर्ने कोसीस गरे तर माफ गर्नुहोला स्रोत प्रप्त भएन भन्यो मोबायल यसले म मा झन अलपत्रको अनुभुती भयो । अब के गर्ने म एक्लै छु रात छिप्पिदै गएको छ । चिसो हिउँका डल्ला र आइस छन अजनै अन्तिम रात हो की जस्तो भयो छेउको काठयुनी बसेको छ साह्रै औला पोले प्रहरीले दिउसो नै भनिदिएको भए त्यो दुःख सायद मैले भोग्नु पर्दैनथ्यो । त्यतीकैमा ए।बी।सी। टी।भी। मा फोन लाग्यो करीब ८ः४५ बजे ए। बि। सी। ले मेरो समचार बनाएर

हो की काहा बाट थाहा पाएर हो राती २ बजे कागबेनी बाट आएका मानिसले मलाई सहयोग गरे र म बाँचे ।

No comments:

Post a Comment